मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चितवनमा दुई जातका अङ्गुरको परीक्षण

ratopati.com · Tue Oct 13 02:59:28 GMT 2026

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले अङ्गुरखेतीको परीक्षण सुरुआत गरेको छ । रत्ननगर नगरपालिका–९ सिसहीमा सोनाका ग्रिन र सोनाका कालो जातको अङ्गुरको परीक्षण सुरु गरिएको हो ।

पालिकाको कृषि शाखा प्रमुख प्रवीण लामाका अनुसार परीक्षणस्वरुप पालिकाले चार सय वटा अङ्गुरका बिरुवा लगाएको छ । नगरपालिकाले आफ्नै निगरानीमा बिरुवा लगाएको उनले बताए । न्यानो हावापानी क्षेत्रमा हुने ती दुई जातको परिक्षण सुरु गरिएको उनले जानकारी दिए । भारतबाट बिरुवा ल्याएर परीक्षण सुरु गरिएको हो । उनले भने, “परीक्षण सफल भयो भने कृषकलाई अङ्गुरखेती गर्न प्रोत्साहन गर्ने योजना नगरपालिकाको रहेको छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)