राजदूतसँगको भेटघाटलाई ठूलो विषय बनाउनु निरर्थक : कमल थापा
lokaantar.com

राप्रपाका पूर्वअध्यक्ष तथा पूर्वपरराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री बालेन्द्र शाह र छिमेकी मुलुकका राजदूतहरूबीच भएको छुट्टाछुट्टै भेटवार्तालाई लिएर भइरहेको चर्चा निरर्थक भएको टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्ता सामान्य भेटघाटलाई अतिरञ्जित नगर्न आग्रह गरेका हुन्।
थापाका अनुसार प्रधानमन्त्री नियुक्त भएलगत्तै राजदूतहरूसँग सामूहिक भेटघाट गर्नु स्वाभाविक थियो र अहिले अनुकूल समयमा अलग-अलग भेट्नु पनि एक सामान्य कुटनीतिक प्रक्रिया मात्र हो। यसलाई धेरै ठूलो विषय बनाएर चर्चा र विश्लेषण गरिरहनुपर्ने कुनै ठोस कारण नभएको उनले उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)