सुनकोसी–मरिन डाइभर्सनको ठेक्कामा तीन कम्पनी प्राविधिकरूपमा योग्य
corporatenepal.com · Tue Oct 13 02:54:17 GMT 2026

काठमाडौं । सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकल संरचना निर्माणका लागि प्रतिस्पर्धामा रहेका तीन कम्पनी प्राविधिक मूल्याङ्कनमा उत्तीर्ण भएका छन् । आयोजनाले असोज २७ गते जारी गरेको सूचनाअनुसार चीनको चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन, आनिङ–आरसीसी संयुक्त उपक्रम (जेभी) र सिनोहाइड्रो कर्पोरेसन लिमिटेड प्राविधिकरूपमा योग्य ठहरिएका हुन् ।
ठेक्का नम्बर एसएमडीएमपी/आरबी/सिभिल–एचएम/आईसीबी–०२/२०८२–८३ अन्तर्गतको निर्माण कार्यका लागि योग्य भएका तीनै बोलपत्रदातालाई अब आर्थिक प्रस्ताव खोल्ने प्रक्रियामा सहभागी हुन आयोजनाले आग्रह गरेको छ । आयोजनाले सार्वजनिक गरेको सूचनाअनुसार आर्थिक प्रस्ताव आगामी १६ गते दिउँसो १ बजे सिन्धुलीस्थित सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयमा खोलिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)