दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस
nepallive.com · Tue Oct 13 03:05:22 GMT 2026

शारदीय नवरथा प्रारम्भ भइसकेको छ। आज दशैंको तेस्रो दिन। चन्द्रघण्टाको पूजा आराधना गरी मान्नेहरुले आफूहरुलाई देवी शरणमा समर्पित गरेका छन् र गरिरहेका छन्। दशैं अर्थात् विजया दशमी, हिन्दूहरुको महान पर्व। विजया दशमीअन्तर्गत प्रतिपदादेखि नवमी तिथिसम्म देवीको नौंवटै स्वरुपको पूजा सम्पन्नपश्चात दशमी तिथिका दिन हर्षोल्लासपूर्वक दशैंमा सहभागी हुनेछन्। पारम्परिक मान्यताअनुसार दशैंका दिन दुर्गा देवीको पूजा सम्पन्न गरी देवीको विदाई गर्ने गरिन्छ। दशमीका दिन देवीको यात्रा गर्ने मानिन्छ अर्थात् प्रस्थानको साइत। प्रस्थान— शुभकार्यका लागि।देवीको यही यात्रा प्रक्रियाबाट शुभयात्रा भन्ने प्रचलन प्रारम्भ भएको विश्वास गरिन्छ। दशैंका अवसरमा असल कर्मका दृष्टिले मानवले पनि सबै विध्न बाधाको अन्त्य गरेर एक जीवन यात्राको प्रारम्भ गर्नेछ, जो शुभ हुनेछ।
दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वको महत्व यतिमा मात्र सीमित छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)