भारतमा प्रधानन्यायाधीशमाथि आक्रमण प्रयास गर्ने अधिवक्ता निलम्बित
barnanmedia.com · Mon Oct 06 22:50:12 GMT 2025

भारतका प्रधानन्यायाधीश बीआर गवईमाथि जुत्ता प्रहार गरेर आक्रमण प्रयास गर्ने अधिवक्ता राकेश किशोर निलम्बित भएका छन् । राकेशलाई बार काउन्सिल अफ इन्डियाले कानुन व्यवसाय गर्न निलम्बन गरेको हो ।
बार काउन्सिलले जारी गरेको विज्ञप्ति अनुसार दिल्लीको बार काउन्सिलमा दर्ता भएका किशोरले अदालतमा सुनुवाइका क्रममा आफ्नो जुत्ता फुकालेर प्रधानन्यायाधीश गवईतर्फ फ्याँक्ने प्रयास गरेको आरोप छ, त्यसपछि उनलाई सुरक्षाकर्मीहरूले हिरासतमा लिएर अदालतको कोठाबाट निकालेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)