सिरियाका पूर्वराष्ट्रपति असदसहित सात अधिकारी दोषी ठहर, मृत्युदण्डको सजाय सुनाइयो
rajdhanidaily.com · Tue Aug 11 14:28:21 GMT 2026

दमास्कस । सिरियाली अदालतले पूर्वराष्ट्रपति बशर अल–असदलाई मृत्युदण्डको सजाय सुनाएको छ । अदालतले मंगलबार असदको अनुपस्थितिमा सुनुवाइ गर्दै करिब १४ वर्ष लामो गृहयुद्धका क्रममा भएका अत्याचारमा दोषी ठहर गरेको हो ।
डिसेम्बर २०२४ मा उनी सत्ताच्युत भएपछि गठन भएको अन्तरिम सरकारअन्तर्गत असद शासनकालमा भएका अपराधका लागि सुनाइएको यो पहिलो ठूलो फैसला हो । अन्तरिम नेतृत्वले ती अपराधमा न्याय र जवाफदेहिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)