दसैंका लागि पोखरामा भित्रिए १५ हजार भेडाच्यांग्रा, हाटबजारबाट बिक्री गरिँदै
clickmandu.com · Tue Oct 13 03:57:56 GMT 2026

कास्की । वडादसैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्यांग्रा भित्रिएका छन् । हिमाली जिल्ला मुस्ताङसहित दार्चुला, बझाङ, बाजुरा र डोल्पाबाट व्यापारीले बिक्रीका लागि भेडाच्यांग्रा पोखरा ल्याएका हुन् । पोखरा महानगरपालिका–१ सिमपानी र पोखरा–२५ हेमजामा भेडाच्यांग्राको हाटबजार सञ्चालनमा छ ।
पोखरा महानगरपालिका पशु सेवा शाखाका पशु चिकित्सक नवराज अधिकारीका अनुसार मुस्ताङबाट नौ हजार, दार्चुलाबाट दुई हजार, बझाङबाट एक हजार ८०० तथा बाजुरा र डोल्पाबाट एक/एक हजार भेडाच्याङग्रा पोखरा ल्याइसकिएको छ । अझै केही भेडाच्याङग्रा बाटोमै रहेकाले फूलपातीभन्दा एक–दुई दिन अगाडिसम्म बजारमा आइपुग्ने उनले जानकारी दिए । गण्डकी प्रदेशका अन्य जिल्लाबाट समेत स्थानीय भेडा बिक्रीका लागि पोखरा ल्याउने गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)