मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खगेन्द्रलाई सुधनको सुझाव– राजीनामा दिई निष्पक्ष छानबिनमा सहयोग गर्नुहोस्

ratopati.com · Tue Oct 13 04:10:21 GMT 2026

काठमाडौँ । श्रम संस्कृति पार्टीका नेता सुधन किरातीले रास्वपा सांसद् खगेन्द्र सुनारलाई राजीनामा दिई निष्पक्ष छानबिनमा सहयोग गर्न सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'सांसद् पद एउटा ओहोदा वा सत्ताको साधन मात्र होइन, नागरिकप्रतिको भरोसा र सार्वजनिक नैतिकताको एक सर्वोच्च मानक पनि हो। ​अनुहार अर्थात् पात्र फेरिँदैमा समाज बदलिँदैन, जबसम्म सोच र प्रवृत्ति बदलिँदैन । उत्पीडन, मुक्ति र नैतिकताको एजेन्डा बोकेर आएका व्यक्तिमाथि नै जब गम्भीर उत्पीडन र अनैतिकताको आरोप र प्रश्न उठी सक्यो । अब मार्गप्रशस्त गरेर नयाँ राजनीतिक संस्कारको उदाहरण बन्न र सांसद जस्तो गरिमामय पदको मर्यादा जोगाउन आफूमाथि उठेका प्रश्नको निरूपणका लागि तत्काल पदबाट राजीनामा दिई निष्पक्ष छानबिनमा सहयोग गर्नुहोस् ।'

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)