महँगीले बिथोलेको घरको सपना
nepalnews.com · Tue Oct 13 04:15:38 GMT 2026

दसैँ नजिकिँदै गर्दा यतिबेला घरघरमा आँगन र बाटोघाटो सरसफाइ गर्ने चटारो छ। घरमै भएको भए गोसाइँकुण्ड-५, स्याफ्रुबेँसीकी प्रतिमा लामा पनि यही चटारोमा हुने थिइन्। तर, १० भदौको आकस्मिक बाढीले घरबारविहीन बनाएपछि उनको बिचल्ली भएको छ। उनी अहिले सरकारले काठमाडौंमा तोकेको स्वयम्भूस्थित गुम्बामा बस्दै आएकी छन्। गुम्बाको बसाइ उनका लागि उकुसमुकुसपूर्ण बन्दै गएको छ। त्यहाँ उनीसहित करिब चार सय बाढी प्रभावित बसिरहेका छन्।
गुम्बाको ठूलो हललाई महिला र पुरुष छुट्टाछुट्टै बस्न मिल्ने गरी व्यवस्था गरिएको छ। एकातिर महिला र बालबालिका गरी करिब डेढ सय जनाले लस्करै ओछ्यान लगाएर सुत्नुपर्छ। उनीहरूलाई सहयोगी दाताबाट जुटेको खाना, ओढ्ने, ओछ्याउने र लगाउने लुगाफाटा दिइएको छ। तर, सामूहिक बसाइ दृष्टिविहीन लामाका लागि झन् सकसपूर्ण बन्दै गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)