मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘सारथी’ को प्रोमो सार्वजनिक

nepallive.com · Tue Oct 13 04:19:14 GMT 2026

काठमाडौं । अभिनेत्री निरुता सिंहलाई फरक र गम्भीर अवतारमा प्रस्तुत गर्दै सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक गरिएको छ । किम्भे प्रोडक्सनको आधिकारिक युट्युब च्यानलमार्फत सोमबार सिनेमाको प्रोमो सार्वजनिक गरिएको हो ।

बच्चाको रोदन आवाजसँगै सुरु भएको प्रोमोमा अभिनेत्री निरुता सिंहलाई काखमा दुधे बालक बोकेको अवस्थामा देख्न सकिन्छ । गम्भीर मुद्रामा प्रस्तुत निरुताको पैतालाबाट रगत बगिरहेको दृश्यले प्रोमोलाई थप रहस्यमय र भावुक बनाएको छ । यसले यसअघिका भूमिकाभन्दा फरक अवतारमा देखिएकी निरुताको प्रस्तुतिले सिनेमाको कथावस्तुबारे दर्शकमाझ कौतुहलता बढाउने देखिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)