रगताम्य पैताला र काखमा बच्चा बोकेकी निरुता, कस्तो छ ‘सारथि’ को प्रोमो ?
kalakarmi.com · Tue Oct 13 04:16:10 GMT 2026

काठमाडौं- अभिनेत्री निरुता सिंहलाई फरक र गम्भीर अवतारमा प्रस्तुत गर्दै फिल्म ‘सारथि’ को प्रोमो सार्वजनिक गरिएको छ । किम्भे प्रोडक्सनको आधिकारिक युट्युब च्यानलमार्फत सोमवार फिल्मको प्रोमो सार्वजनिक गरिएको हो ।
बच्चाको रोदन आवाजसँगै प्रारम्भ भएको प्रोमोमा अभिनेत्री निरुता सिंहलाई काखमा दुधे बालक बोकेको अवस्थामा देख्न सकिन्छ । गम्भीर मुद्रामा प्रस्तुत निरुताको पैतालाबाट रगत बगिरहेको दृश्यले प्रोमोलाई थप रहस्यमय र भावुक बनाएको छ । यसले यसअघिका भूमिकाभन्दा फरक अवतारमा देखिएकी निरुताको प्रस्तुतिले फिल्मको कथावस्तुबारे दर्शकमाझ कौतुहलता बढाउने देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)