मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फेरिएको दाप्चा : पहिलो गुल्जार, आजकल सुनसान (तस्बिरहरू)

ratopati.com · Tue Oct 13 04:25:05 GMT 2026

काठमाडौँ । कुनै समय पूर्वी नेपाल र काठमाडौँको बिसौनी, व्यापारिक केन्द्र काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित दाप्चा बजार आजकल सुनसान प्रायः छ ।

काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने प्रमुख व्यापारिक केन्द्र दाप्चा ठाउँ उही हो, घर पनि पुरानै छन् । हिजो र आजको दाप्चामा फरक भनेको यहाँ कुनैबेला हुने व्यापारिक चहलपहल हो । बीपी राजमार्ग निर्माणअघि दाप्चामा दाल, तोरी, गेडागुडी, भटमास, घिउ, खाद्यान्न, नुन, कपडालगायतको दोहोरो कारोबार हुन्थ्यो । भोजपुर, ओखलढुंगा, सिन्धुली र मिथिलातिरका मानिस पैदल हिँडेर दाप्चा आउँथे । काठमाडौँबाट पनि व्यापारीहरू दाप्चा पुग्थे ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)