मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दशैं सुरु हुने दिनतिर मात्रै मनसुन बाहिरिने

corporatenepal.com · Tue Oct 13 04:38:31 GMT 2026

काठमाडौं । यस वर्षको मनसुन नेपालबाट पूर्ण रूपमा बाहिरिन अझै केही दिन लाग्ने भएको छ। पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिइसकेको भए पनि पूर्वी भूभागमा यसको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् माधवी सिग्देलका अनुसार मनसुन बाहिरिन आवश्यक वातावरण क्रमशः तयार भइरहेको छ। मौसमको अवस्थालाई निरन्तर निगरानी गरिरहेको बताउँदै उनले आगामी दुईदेखि चार दिनभित्र मनसुन पूर्ण रूपमा बाहिरिन सक्ने जानकारी दिइन्।

मनसुन पूर्ण रूपमा बाहिरिएपछि महाशाखाले विशेष बुलेटिन जारी गरेर औपचारिक जानकारी दिने उनले बताइन् । महाशाखाले यसअघि असोज १७ गते सुदूरपश्चिम, कर्णाली, लुम्बिनीको पश्चिमी भूभागका अधिकांश स्थान तथा गण्डकीको पश्चिमी क्षेत्रका केही स्थानबाट मनसुन बाहिरिएको घोषणा गरेको थियो। त्यसयता भने मनसुन बाहिरिएको सम्बन्धमा अर्को बुलेटिन जारी भएको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)