मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तमोर नदीको किनारमा फसेका युवकको सकुशल उद्धार

gorkhapatraonline.com · Tue Oct 13 04:48:05 GMT 2026

धनकुटा नगरपालिका–८ स्थित तमोर नदीको किनारमा ढुङ्गामा फसेका एक युवकको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय युवाको सहयोगमा सकुशल उद्धार गरिएको छ । मोरङको ग्रामथान गाउँपालिका–१ निवासी २९ वर्षीय अर्जुन सरदारको सोमबार राति उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रहरीका अनुसार दसैँ बिदामा घर जाने क्रममा मूलघाट निस्किन खोजेका सरदार पौडी खेलेर तमोर नदी पार गरेपछि बाटो नभेट्दा नदी किनारको ढुङ्गामा अलपत्र परेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)