तमोर नदीको ढुङ्गामा फसेका युवकको सकुशल उद्धार
annapurnapost.com · Tue Oct 13 04:47:31 GMT 2026

धनकुटा : धनकुटा नगरपालिका–८ स्थित तमोर नदीको किनारमा रहेको ढुङ्गामा फसेका एक युवकलाई नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीय युवाको सहयोगमा सकुशल उद्धार गरिएको छ । मोरङको ग्रामथान गाउँपालिका–१ निवासी अन्दाजी २८/२९ वर्षीय अर्जुन सरदारलाई सोमबार राति उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
प्रहरीका अनुसार असोज २६ गते साँझ ५:३० बजे तमोर नदीको किनारमा रहेको ढुङ्गामा एक व्यक्ति फसेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीको कमाण्डमा १५ जनाको प्रहरी टोली तथा सशस्त्र प्रहरी बल नेपाल, धनकुटाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक राजेश फुयालको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)