मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बहुउद्देश्यीय भेरी–बबई डाइभर्सन तीन वर्षभित्र सक्ने लक्ष्य

gorkhapatraonline.com · Tue Oct 13 04:50:34 GMT 2026

विद्युत् र सिँचाइ सुविधा उपलब्ध गराउने भनी १५ वर्षअघि थालिएको राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम अबको तीन वर्षभित्र सक्ने लक्ष्य राखिएको छ । हालसम्म आयोजनाको ७० प्रतिशत काम सकिएकाले बाँकी रहेको ३० प्रतिशत काम अबको तीन वर्षभित्र सक्ने लक्ष्य लिइएको हो । यो अवधिमा वित्तीय प्रगति भने ५७ प्रतिशत छ । आर्थिक वर्ष २०६८/६९ बाट आयोजनाको काम सुरु भएको थियो । टनेल बोरिङ मेसिन टिबिएम प्रविधिको प्रयोग गरेर तोकिएको समयअघि नै आयोजनाको १२.२० किलोमिटर सुरुङ खनिसके पनि दोस्रो चरणको काममा निकै ढिलासुस्ती भएको थियो ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) भरत पाठकले आयोजनालाई आव २०८७/८८ मा सम्पन्न गर्ने गरी कार्यतालिका संशोधन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आयोजनाको बाँकी काम सम्पन्न गर्नका लागि दुईदेखि तीन वर्ष लाग्ने अनुमान आयोजनाको छ । कामको रफ्तार बढाइएको छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)