मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

राजमार्गमा हुने दुर्घटनाको उपचार सहज बनाइने

gorkhapatraonline.com · Tue Oct 13 04:54:41 GMT 2026

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिङ सडकमा हुने सवारी दुर्घटनाका घाइतेको उपचारमा इच्छाकामना आधारभूत अस्पताल महत्वपूर्ण बन्न सक्ने बताउनुभएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–कुरिनटारमा निर्माण सम्पन्न १५ शय्याको अस्पताल भवनको उद्घाटन गर्दै उहाँले राजमार्गमा हुने दुर्घटनाका घाइतेलाई तत्काल आधारभूत उपचार उपलब्ध गराउन अस्पताल उपयोगी हुने बताउनुभएको हो । मुख्यमन्त्री मगरले सुविधायुक्त भवन निर्माणसँगै अस्पतालबाट प्रदान गरिने स्वास्थ्यसेवा थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । अस्पताल स्थानीय बासिन्दाका लागि मात्र नभई राजमार्गमा हुने दुर्घटनाका घाइतेको उपचारका लागि पनि महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)