७५ वर्षीय वृद्धको हत्या,हतियारसहित एकजना पक्राउ
annapurnapost.com · Tue Oct 13 04:52:45 GMT 2026

मुगु :मुगुमा धारिलो हतियार प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या भएको छ। छायाँनाथ रारा नगरपालिका–५ कार्कीवाडाका ७५ वर्षीय धनवीर कामीको मंगलबार बिहान खुँडा प्रहारबाट हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार मंगलबार बिहान करिब ८ बजेर २० मिनेटमा सोही ठाउँका ३२ वर्षीय अजवीर कामीले घरको आँगनमा बसिरहेके बेला धनवीरमाथि धारिलो हतियार खुँडा प्रहार गरेका थिए।
हतियार प्रहारबाट गम्भीर घाइते भएका धनवीरलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल मुगु पुर्याइएको थियो। तर,अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनालगत्तै फरार भएका आरोपित अजवीरलाई प्रहरीले घटनाको करिब एक घण्टाभित्रै हतियारसहित पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)