मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुध पकेट क्षेत्र बिस्तार गर्न भैंसी वितरण

thahakhabar.com

सल्यान : बागचौर नगरपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न उन्नत जातका भैंसी वितरण गरेको छ। दुध पकेट क्षेत्र विस्तार र किसानको आय बढाउन अनुदानमा उन्नत जातको भैंसी वितरण गरिएको हो।

वडा नम्बर ९ धामीढुंगा र हरिपुरका ४२ घरधुरीलाई ४२ वटा भैंसी वितरण गरिएको नगरप्रमुख लोकमान बुढाथोकीले जानकारी दिए। दुध पकेट क्षेत्र बनाउने गरी भैंसीपालन पकेट क्षेत्र निर्माण गर्न पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यान र नगरपालिकाको समन्वयमा भैंसी वितरण गरिएको उनले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)