युक्रेनबाट बाहिरिए २९३ नेपाली
nayapatrikadaily.com · Wed Mar 02 00:10:00 GMT 2022
युरोपको युद्धग्रस्त देश युक्रेनबाट मंगलबार साँझसम्म दुई सय ९३ जना नेपाली बाहिरिएका छन् । यीमध्ये सबैभन्दा बढी पोल्यान्डमा दुई सय ३२ पुगेका छन् । त्यस्तै, स्लोभाकियामा ३९, रोमानियामा २३ र हंगेरीमा तीनजना पुगेका छन् । युक्रेनको राजधानी किभ र अर्को ठूलो सहर खार्किभबाट पनि नेपालीहरू पश्चिमी सीमातर्फ जाने क्रम जारी छ ।
‘अहिलेसम्म युक्रेनबाट चार मुलुकमा जम्मा दुई सय ९३ नेपाली पुग्नुभएको जानकारी सम्बधित मुलुकको आधिकारिक निकायबाट प्राप्त भएको छ,’ युक्रेनका लागि गैरआवासीय राजदूत रामकाजी खड्काले बर्लिनबाट टेलिफोनमा भने, ‘हामीसँग सम्पर्कमा आएकामध्ये सीमा क्षेत्र र भित्र ६० जनाको आसपासमा हुनुहुन्छ । उहाँहरू पनि बाहिरिने प्रक्रियामा हुनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)