विश्वकप लिग–२ शृङ्खला : नेपालले आज ओमानसँग खेल्दै
nepalnews.com · Tue Oct 13 05:11:08 GMT 2026
काठमाडौं। आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध खेल्दैछ। यी दुई टोलीबीचको खेल बिहान ११ः१५ देखि मस्कटस्थित अलअमरात क्रिकेट मैदानमा सुरु हुनेछ।
जारी शृङ्खलामा नेपाल र ओमान लगातार दोस्रो जितको खोजीमा छन्।नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले हराएको थियो। यस्तै, ओमानले क्यानडाविरुद्ध ४१ रनको जित निकालेको थियो। नेपाली टोली आज पनि खेलमा जित निकाल्दै अंक तालिकामा सुधार गर्न चाहन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)