प्रदेश सभा सदस्य अभिराम शर्माको निलम्बन फुकुवा
gorkhapatraonline.com · Tue Oct 13 05:09:57 GMT 2026

महोत्तरीका मधेश प्रदेश सभा सदस्य अभिराम शर्मालाई प्रदेश सभा सदस्य पदबाट गरिएको निलम्बन फुकुवा गरिएको छ । मधेश प्रदेश सभा सचिवालयले आइतबार सूचना जारी गर्दै शर्माको निलम्बन फुकुवा गरिएको जनाएको हो ।
प्रदेश सभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाद्वारा जारी सूचना अनुसार नेपाल सरकार वादी र प्रतिवादी मधेश प्रदेश सभा सदस्य अभिराम शर्मासमेत भएको कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट भएको आदेशका आधारमा उहाँलाई निलम्बन फुकुवा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)