मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्वीकृतिबिनै इन्टरनेट प्याकेज बेच्ने १४ कम्पनीलाई ५० हजारका दरले जरिवाना

aarthiknews.com

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्ड र आफ्नै निर्देशनविपरीत इन्टरनेट सेवा बिक्री गर्ने १४ सेवा प्रदायकलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको छ। स्वीकृत प्याकेजअनुसार सेवा उपलब्ध नगराएको, तोकिएभन्दा बढी शुल्क लिएको र स्वीकृतिबिनै फरक प्याकेज बनाएर बिक्री गरेको पाइएपछि प्राधिकरणले कारबाही गरेको हो।

प्राधिकरणले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार अनुमतिपत्रका सर्तविपरीत काम गरेको निरीक्षण तथा जाँचबुझबाट पुष्टि भएपछि दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (१) बमोजिम जरिवाना गर्ने निर्णय गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)