भ्रष्टाचारको अखडा, सबै पदाधिकारी विवादित
onlinekhabar.com · Wed Aug 04 17:27:28 GMT 2021
२० साउन, काठमाडौं । जनताको उपचार गर्न र चिकित्सक उत्पादन गर्न पूर्वी नेपालको धरानमा स्थापित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भ्रष्टाचारको अखडा बनेको छ । मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको नाममा स्थापित विश्वविद्यालयस्तरको निकायमा पछिल्लो दुई वर्षको अवधिमा तीन उपकुलपति भ्रष्टाचारको आरोपमा मुछिनुले त्यही संकेत गर्छ ।
२०७६ साल असार २६ गते प्रतिष्ठानका तत्कालिन उपकुलपति प्रा.डा. राजकुमार रौनियार ८ लाख रुपैयाँ घुस सहित पक्राउ परे । प्रतिष्ठानको भवन निर्माणको ठेक्काको कमिसन लिने क्रममा उनी निवासबाटै पक्राउ परेका थिए । त्यसको तीन सातापछि अघिल्ला उपकुलपति बलभद्रप्रसाद दासमाथि चार करोडको भ्रष्टाचार मुद्दा लगायो । दुवै मुद्दा विशेष अदालतमा विचाराधीन भएका बेला नयाँ पदाधिकारीहरु पनि रत्तिभर डराएनन्, अनियमितता गरिरहे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)