ग्रामीण कृषि विकासमा साढे ९ अर्ब खर्च गर्दै विश्व बैंक
rajdhanidaily.com · Sat Nov 20 23:43:46 GMT 2021
काठमाडौं । नेपालको ग्रामीण भेगमा उद्यम तथा आर्थिक विकासका लागि भन्दै विश्व बैंक र कृषि तथा पशुपक्षी विकास मन्त्रालयबीच ९ अर्ब ५२ करोड रुपैयाँ बराबरको सम्झौता भएको छ । एक कार्यक्रमका बीच ग्रामीण उद्यम तथा आर्थिक विकास (रिड) परियोजना घोषणासम्बन्धी सम्झौता भएको हो ।
सो सम्झौतामा कृषिमन्त्री महेन्द्र राय यादव र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री डाइरेक्टर फरिस हदाद जर्भसले हस्ताक्षर गरेका हुन् । यस परियोजनामार्फत नेपालको ग्रामीण भेगमा कृषि क्षेत्रलाई स्थानीय बजारसम्म लिंक गराई पर्याप्त उद्यमशीलता तथा रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)