दुई जेसीबी प्रहरी नियन्त्रणमा
rajdhanidaily.com · Sun May 21 23:16:08 GMT 2023
कपिलवस्तु । मापदण्डविपरीत नदीजन्य पदार्थ अनियन्त्रित दोहन गरिरहेका दुई जेसीबी प्रहरीले नियन्त्रणमा लिएको छ । शिवराज नगरपालिका–९ शिवगढी भक्रम खोलाको ठेक्का लिएको राधारोशन निर्माण सेवाले अनियन्त्रित दोहन गर्दै आएको स्थानीय दाबी छ ।
स्थानीय गुनासोपछि अनुगमन क्रममा नगरप्रमुख अजय थापाले अनियन्त्रित दोहन भइरहेको फेला पारेको बताए । सुरक्षाकर्मीसहितको टोलीले अनुगमन क्रममा लु१क ३३५३ र लु१क ४७७८ नम्बरको जेसिबीले उत्खनन गरिरहेको अवस्थामा फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)