यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
barnanmedia.com · Mon Jun 08 22:52:30 GMT 2026

यतिबेला जिल्लाको तिब्बती सिमानामा रहेका गाउँबस्ती सुनसान छन् । सबै गाउँले यार्सागुम्बा सङ्कलन गर्न लेक गएपछि लेक र खर्कका चहुर, भीर पखेरा गाउँलेले भरिभराउ छन् ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ को सामागाउँ, साम्दो तथा वडा नं. ७ छेकम्पारका घरहरुमा तला ठोकिएका छन् । वडा नं. १ को ३४, २५ र २६ नं पिलर रहेका लेक तथा खर्कहरु गाउँलेहरुले खचाखच भएको स्थानीयको भनाइ छ । त्यस्तै वडा नं. ७ को छेक्या र भाज्यो लेकमा पनि गाउँलेहरु पुगेको वडाअध्यक्ष टासी दोर्जे लामाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)