सडक मर्मत गर्दै स्थानीयवासी
nepalsamaya.com · Tue Jul 25 23:26:00 GMT 2023
टेम्केमैयुङ गाउँपालिका–१ रिमचिममा जनश्रमदानमार्फत सडक मर्मत गर्दै स्थानीय बासिन्दा। वडा कार्यालयको अभियानमा जोडिएर यहाँका स्थानीयले करिब सात किलोमिटर सडक मर्मत गरेका छन्। सडक मर्मतका लागि स्थानीयले एक हप्ता श्रमदान गरेको वडाध्यक्ष नरबहादुर राईले जानकारी दिनुभयो। तस्बिर : युवराज विष्ट/रासस
प्रकाशित: Jul 26, 2023| 05:11. 00 बुधबार, साउन १०, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)