खुँ*डा प्रहार गरी वृद्धको ह*त्या
baahrakhari.com · Tue Oct 13 06:09:12 GMT 2026

काठमाडौं । मुगुमा खुँडा प्रहार गरी वृद्धको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छायाँनाथ रारा नगरपालिका–५, कार्कीवाडाका ३२ वर्षीय अजवीर कामी छन् ।
मंगलबार (असोज २७) बिहान करिब ८ः२० बजे सोही स्थानमा उनले ७५ वर्षीय धनवीर कामीमाथि खुँडा प्रहार गरेका थिए । खुँडा प्रहारबाट घाइते धनवीरलाई तत्काल उपचारका निम्ति जिल्ला अस्पताल मुगु लगिएकामा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)