मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इन्डोनेशियामा मिनिबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ७ घाइते

barnanmedia.com · Tue Apr 08 22:13:31 GMT 2025

काठमाडौँ, २७ चैतः इन्डोनेशियाको उत्तर सुमात्रा प्रान्तको लाङ्गकट जिल्लामा सोमबार राति एक मिनिबस खस्दा ३ जनाको मृत्यु भएको र ७ जना घाइते भएका छन् । यो दुर्घटना पामन सेमिलिर पर्यटक क्षेत्रबाट गुज्रँदै गर्दा भएको हो ।

प्रादेशिक आपतकालीन व्यवस्थापन तथा न्यूनीकरण एजेन्सीकी अधिकारी श्री वाह्यनी पञ्चासिलावतीका अनुसार मिनिबसमा १० जना सवार थिए । उनीहरू सम्भवतः आफ्नो गृहनगरमा इस्लामिक पर्व मनाएर फर्किरहेका थिए । दुर्घटना भएको सडकमा पर्याप्त सडक बत्तीको व्यवस्था थिएन ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)