पावरप्लेमा नेपालले गुमायो आसिफको विकेट
annapurnapost.com · Tue Oct 13 06:20:24 GMT 2026
काठमाडौं : आईसीसी विश्वकप लिग- २ अन्तर्गत नेपालको लागि अन्तिम श्रृंखलाको दोस्रो खेलमा घरेलु टोली ओमानविरुद्ध नेपालले पावरप्लेमा १ विकेटको क्षतिमा ३३ रन बनाएको छ।
ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले १० ओभरमा ३३ रन बनाएर खेलिरहेको छ। नेपालले पहिलो विकेटको रुपमा ओपनर ब्याटर आसिफ शेखको विकेट गुमाएको हो। आसिफले ४ रन बनाएर क्याच भएका हुन्। हाल क्रिजमा अर्जुन कुमाल २० र इशान पाण्डे ७ रन बनाएर खेलिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)