प्रदेश नै सङ्घीयताको वास्तविक पहिचान, सेतो हात्ती भन्नु गलत : मुख्यमन्त्री कार्की
ratopati.com · Tue Oct 13 06:28:24 GMT 2026

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीयताको वास्तविक पहिचान प्रदेश संरचना नै भएको स्पष्ट पार्दै प्रदेशलाई ‘सेतो हात्ती’ भन्नु तथ्यहीन दुष्प्रचार भएको बताएका छन्। विराटनगरमा आयोजित ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३’ को उद्घाटन सत्रमा बोल्दै उनले अधिकार प्राप्तिका लागि अब गुनासो मात्र नगरी सातै प्रदेश एकजुट भएर काठमाडौँ डेलिगेसन जाने घोषणा गरे।
स्थानीय तहको अभ्यास ७०–८० वर्षदेखि र केन्द्र सरकारको इतिहास झन्डै तीन सय वर्ष लामो रहेको उल्लेख गर्दै उनले सङ्घीयताको अभ्याससँगै जन्मिएको नयाँ संरचना प्रदेश मात्र भएको बताए। ‘स्थानीय र केन्द्रीय संरचना पहिलेदेखि नै थिए, त्यसैले सङ्घीयता के हो र यो सफल भयो कि भएन भनेर हेर्ने मुख्य आधार नै प्रदेश हो,’ उनले भने। नौ वर्षको अभ्यासमा प्रदेशले गरेका उपलब्धि र कमजोरी दुवैको खुला समीक्षा हुनुपर्नेमा उनले जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)