मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सत्यराज र अञ्जुको पार्श्व गायनलाई वान मिलियन बढी भ्युज

kalakarmi.com · Tue Oct 13 06:24:20 GMT 2026

काठमाडौं– बडादशैँको पहिलो दिन अर्थात घटस्थापनाको दिन सार्वजनिक भएको नयाँ नेपाली फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो…’ सार्वजनिक भएको छोटो समयमै एक मिलियन अर्थात् १० लाख भ्युज पार गर्न सफल भएको छ । यो गीत सार्वजनिक भएको तीन दिनमै यसले १३ लाख बढी भ्यूज पाइसकेको छ ।

यो रमाइलो गीतमा गायक सत्याराज आचार्य तथा गायिका अञ्जु पन्तको पार्श्व गायन रहेको छ । यो गीतलाई संगीतकार सुरेश अधिकारीले संगीतबद्ध गरेका हुन्, जसमा अधिकारीकै शब्द रचना रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)