कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक प्रकोप प्रभावित समुदायका लागि रु.३ करोड ३९ लाख बराबरको सहयोग
nepalsamaya.com · Thu Aug 27 06:27:08 GMT 2026

काठमाडौं- कुमारी बैंक लिमिटेडले हाल देशका विभिन्न जिल्लाहरूमा आएको बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्र्याउने उद्देश्यले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत रु. ३ करोड आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। साथै, बैंकले विपद् प्रभावित क्षेत्रहरूमा खोज, उद्धार तथा अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन करिब रु.३९ लाख बराबरको ५ वटा अत्याधुनिक AI जडित निगरानी ड्रोन (Surveillance Drone), ३ वटा ५ KVA क्षमताका पोर्टेबल जेनेरेटर तथा १०० वटा पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाइएको छ।
हालैको विपद्बाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका जिल्लाहरू प्रभावित भएका छन, प्रभावित परिवारहरूलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन नेपाल सरकारसँग समन्वय गरी उक्त सहयोग प्रदान गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)