प्राकृतिक विपत्तिप्रति चनाखो रहन अनुरोध
gorkhapatraonline.com · Sat Jun 24 06:28:33 GMT 2023
काठमाडौँ, असार ९ गते । मनसुनको देशव्यापी फैलावटसँगै भारी वर्षाको क्रम बढेपछि मुलुकका विभिन्न स्थानमा बाढीपहिरोलगायतका प्राकृतिक विपत्ति बढ्न थालेकाले एकजुट भएर जनजीवनको सुरक्षामा लाग्न अपिल गरिएको छ । स्थानीय तहले पनि आफ्नो क्षेत्रमा बाढीपहिरो र डुबानको जोखिम हुन सक्ने खतरालाई ध्यानमा राखेर चनाखो रहन पनि अनुरोध गरिएको छ ।
पश्चिमी वायुले रोकेका कारण केही दिन पूर्वी पहाडमा मनसुन खुम्चिन पुग्दा पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गालगायतका जिल्लामा एक साताभित्र जनधनको क्षति उच्च बन्यो । एक दिन ढिला गरी भित्रिएको मनसुन ढिला गरी नै देशव्यापी रूपमा फैलिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)