किन लगातार बार्सिलोनाको खेल गुमाइरहेका छन् राफिन्हा?
setopati.com · Tue Oct 13 07:00:00 GMT 2026
बार्सिलोनाका कप्तान तथा ब्राजिलियन फरवार्ड राफिन्हाले च्याम्पियन्स लिगअन्तर्गत मंगलबार गालातासारेविरुद्धको खेल पनि गुमाउने भएका छन्। प्रशिक्षक हान्सी फ्लिकले उनको शारीरिक अवस्थालाई ध्यानमा राख्दै टोलीमा नराख्ने निर्णय गरेका हुन्।
राफिन्हाले यसअघि गेटाफेविरुद्धको खेल पनि गुमाएका थिए। उनी चोटबाट पूर्ण रूपमा निको भएर लामो समय मैदानमा टिक्न सकून् भन्ने उद्देश्यले बार्सिलोनाले यस्तो सावधानी अपनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)