स्वीकृत दर सार्वजनिक नगरी प्याकेज बेच्ने १४ इन्टरनेट सेवाप्रदायकलाई कारवाही
clickmandu.com · Tue Oct 13 07:04:14 GMT 2026

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्रको सर्त तथा प्रचलित कानुनी व्यवस्था विपरीत इन्टरनेट सेवाका प्याकेज तथा शुल्क सञ्चालन गर्ने १४ वटा इन्टरनेट सेवाप्रदायकलाई कारवाही गरेको छ।
प्राधिकरणबाट गरिएको निरीक्षण तथा जाँचबुझ प्रतिवेदनका आधारमा अनुमतिपत्रको सर्त विपरीत कार्य गरेको भन्दै ती सेवाप्रदायकहरूलाई दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (१) बमोजिम जनही ५० हजार रुपैयाँ जरिवानासहित कारवाही गरिएको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)