मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खगेन्द्र सुनार प्रकरण : आमा र बच्चालाई रेस्क्यू गरेर सुरक्षा दिन रामकुमारीको माग

barnanmedia.com · Tue Oct 13 07:04:50 GMT 2026

नेकपा (एमाले) की नेतृ तथा राष्ट्रिय सभा सांसद रामकुमारी झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार जोडिएको विवादास्पद अडियो प्रकरणप्रति गम्भीर चासो र चिन्ता व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले हिंसामा परेकी महिला र उनका नाबालक बच्चाको तत्काल सुरक्षा प्रबन्ध गर्न सरकार तथा नेपाल प्रहरीसँग जोडदार माग गरेकी हुन्।

सामाजिक सञ्जालमा लेख्दै नेतृ झाँक्रीले सार्वजनिक भएको अडियोमा पूर्वराज्यमन्त्री रहेकी महिला र उनका नाबालक बच्चालाई अश्लील गालीगलौजका साथै ज्यान मार्ने धम्की दिइएको विषयले आफू स्तब्ध भएको उल्लेख गरेकी छन्। सार्वजनिक अडियो अत्यन्तै बीभत्स र सुन्नै नसकिने खालको रहेको भन्दै उनले निर्दोष बच्चालाई समेत निशाना बनाइनु हिंसाको पराकाष्ठा भएको टिप्पणी गरेकी छन्। दुई व्यक्तिको सम्बन्ध वा विवादमा बच्चाको कुनै दोष नरहने भन्दै यस्तो गम्भीर धम्की र हिंसा सह्य नहुने उनको ठहर छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)