डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत खस्दा कम्तिमा २७ जनाको मृत्यु, १५० घाइते
barnanmedia.com · Tue Apr 08 22:20:34 GMT 2025

काठमाडौँ, २७ चैतः डोमिनिकन रिपब्लिकको राजधानी सान्तो डोमिङ्गोस्थित जेट सेट नाइट क्लबको बिहान छत खस्दा कम्तिमा २७ जनाको मृत्यु भएको र १५० भन्दा बढी घाइते भएका छन् । घटनास्थलमा उद्धार कार्य तीव्र रूपमा चलिरहेको छ । चार सय भन्दा बढी उद्धारकर्मी र दर्जनौं एम्बुलेन्सहरू घाइतेहरूको उद्धारमा संलग्न छन् ।
प्रसिद्ध डोमिनिकन मेरेंग गायक रुबी पेरेज स्टेजमा प्रदर्शन गरिरहेका बेला अचानक अँध्यारो भयो र त्यहि समयमा क्लबको छत खस्दा थाल्यो । दुर्घटना हुँदा क्लबमा ५०० देखि एक हजार जनासम्म मानिस थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)