मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज एमालेको चियापान तथा शुभकामना कार्यक्रम

nayapatrikadaily.com · Wed Nov 01 00:39:00 GMT 2023

एमालेले आज चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको तर्फबाट दसैँ, तिहार, छठलगायत पर्वहरूको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम राखिएको एमालेले जनाएको छ ।

आज दिउँसो सवा १२ बजेबाट सुरु हुने कार्यक्रम साँझसम्म सञ्चालन हुने केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले सुरु गरेको कार्यक्रमलाई एमालेले हरेक वर्ष निरन्तरता दिँदै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)