मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाल–इटाली चेम्बर अफ कमर्श – एनआईसीसीआइ अध्यक्ष सञ्जय अग्रवालद्धारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्रान्डको उद्घघाटन

ajakoartha.com · Tue Oct 13 07:27:00 GMT 2026

काठमाडौं- नेपाल–इटाली चेम्बर अफ कमर्श (एनआईसीसीआई) का अध्यक्ष सञ्जय अग्रवालले यही असोज २५ गते ललितपुरको सानेपामा इटालियन शैलीबाट प्रेरित प्रिमियम जेलाटो ब्रान्ड ‘नट्स एन्ड स्कूप’ को उद्घाटन गरेका छन् । उनी उद्घघाटन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

मोनिका टापरिया र विपिन अटलद्वारा स्थापित ‘नट्स एन्ड स्कूप’ ले इटालियन जेलाटो बनाउने परम्परागत सीप र शैलीबाट प्रेरित स्वादलाई नेपाली बजारमा भित्राएको छ । बीस भन्दा बढी स्वादका जेलाटो व्यावसायिक जेलाटो निर्माणका लागि प्रयोग गरिने इटालियन उपकरण, उच्च गुणस्तरका कच्चा पदार्थ र इटालीस्थित जेलाटो युनिभर्सिटीबाट विशेष तालिम प्राप्त संस्थापकहरूको अनुसन्धान, नवप्रवर्तन र गुणस्तरप्रतिको प्रतिबद्धता झल्काउँछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)