बंगलामुखी मन्दिरमा किन जुटे विपना र वर्षासहितका कलाकार ?
ratopati.com · Tue Oct 13 07:32:27 GMT 2026

काठमाडौं । ललितपुरस्थित प्रसिद्ध बंगलामुखी मन्दिर परिसरमा मंगलबार चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको बाक्लो उपस्थिति देखियो । एकाबिहानै मन्दिरमा कलाकारहरूको जमघट हुनुको कारण थियो, नयाँ नेपाली चलचित्र ‘बाकस’को शुभमुहूर्त । निर्माण पक्षले मन्दिरमा विधिवत् पूजाआजा गर्दै फिल्मको शुभमुहूर्त गरेको हो ।
कार्यक्रममा अभिनेत्री विपना थापा, वर्षा राउत, अभिनेता महेश त्रिपाठी, भोलाराज सापकोटा, ध्रुव कोइराला, पुष्कर राउत, विक्रम बुढाथोकीलगायतका कलाकार उपस्थित थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)