साढे तीन दशकपछि कीर्तिपुर फर्कियो नेपथ्य
ratopati.com · Tue Oct 13 07:34:01 GMT 2026

काठमाडौँ। कीर्तिपुरस्थित ल्याब स्कुलको मैदानमा सम्पन्न नेपथ्य कन्सर्टमा आठ हजारभन्दा बढी दर्शकको सहभागितामा सङ्गीतप्रेमीहरू रमाएका छन्। कन्सर्टका लागि सम्पूर्ण टिकट पहिल्यै बिक्री भइसकेकाले टिकट किन्न नपाएर धेरै तन्नेरीहरू निराश हुँदै फर्कनुपरेको थियो।
कीर्तिपुर नेपथ्य ब्यान्डको सुरुआती यात्रासँग जोडिएको ठाउँ हो। साढे तीन दशकअघि त्रिभुवन विश्वविद्यालयको अङ्ग्रेजी विभागका विद्यार्थीको निमन्त्रणामा अडिटोरियम हलमा दुईवटा गितारको सहयोगमा अकोस्टिक कन्सर्ट गरेको ब्यान्ड शनिबार परिपक्व रूपमा सोही स्थानमा प्रस्तुत भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)