ओमानविरुद्ध नेपालको संयमित ब्याटिङ
kendrabindu.com · Tue Oct 13 07:32:30 GMT 2026
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अल अमिरातमा भइरहेको म्याचमा ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले संयमित ब्याटिङ गरिरहेकाे छ ।
टस जितेर ब्याटिङ रोजेको नेपालले ३० ओभरको खेल सकिनै लाग्दा १०७ रन जोड्दै ३ विकेट गुमाएको छ। नेपालका लागि ओपनर अर्जुन कुमालले सर्वाधिक ४० रनको योगदान दिए भने ईशान पाण्डेले ३७ रन बनाए। अर्का ओपनर आसिफ शेख भने मात्र ४ रनमा शाह फैसलको बलमा जय ओडेद्राबाट क्याच आउट हुन पुगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)