अब १० लाखसम्म बिना धितो कर्जा पाइने, क-कसले पाउँछन्?
barnanmedia.com · Mon Jun 08 23:05:11 GMT 2026

अब डिजिटल माध्यमबाट प्रवाह हुने अधिकतम कर्जा सीमा १० लाखसम्म पुर्याइएको छ। नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट प्रवाह हुने कर्जा मार्गदर्शन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।
यस्तो कर्जाका लागि धितो राख्नु पर्दैन। अब लघु, साना तथा मझौला व्यवसायीले दीर्घकालीन प्रकृतिको चालु पुँजी कर्जा १० लाखसम्म पाउने छन्। कर्जा भुक्तानी अवधि भने सम्बन्धित वित्तीय संस्थाले निर्धारण गर्न सक्ने छन्। अल्पकालीन प्रकृतिको चालु पुँजी कर्जाको सीमा ५ लाख तोकिएको छ। त्यसको अवधि एक वर्ष तोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)