विश्व कीर्तिमानी मिङ्मा डेविडद्धारा किलिमन्जारोको सफल आरोहण
corporatenepal.com · Sat Aug 12 16:12:47 GMT 2023
काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङ्मा डेविड शेर्पाले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको सफल आरोहण गरेका छन् ।
उनले पाँच हजार ८९५ मिटर उचाइमा रहेको किलिमन्जारोको चुचुरोमा शनिबार स्थानीय समय अनुसार बिहान ७ बजे आरोहण गरेका हुन् । उक्त हिमालको आरोहणसँगै शेर्पाले सात महादेशका अग्ला शिखरहरु मध्ये पाँच वटा हिमालहरु चढन सफल भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)