अतिक्रमित संरचनामा रामग्राम नगरपालिकाको डोजर
ekantipur.com · Tue Sep 02 17:14:21 GMT 2025

परासी — पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै १५ वटा घर टहरामा डोजर लगाएको छ । वडा नम्बर २ स्थित हाटबजार क्षेत्रमा अतिक्रमण गरेर बनाइएको घर टहरा भत्काइएको हो ।
पटकपटक सूचना जारी गरेर संरचना हटाउन निर्देशन दिए पनि अटेरी गरेपछि घर, टहरा तथा पर्खाल भत्काइएको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताए । अतिक्रमण गरेर बसेका २ वटा पक्की र १३ वटा कच्ची घर भत्काइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)