जाडोमा फेसनको ट्रेन्ड
gorkhapatraonline.com · Tue Jan 09 01:23:20 GMT 2024
काठमाडौँ, पुस २४ गते । फेसनका पारखीबिच जाडोमा लङ कोट र उलन वानपिस निकै रुचाइने गरेको छ । हरेक मौसममा फेसन गर्नेहरूको सङ्ख्या बढेको फेसन डिजाइनरहरूको अनुभव छ । अहिले हरेक व्यक्ति फेसनप्रति निकै चासो राख्ने गर्छन् । हरेकले युनिक र स्मार्ट देखिन खोज्छन् ।
यसपालिको जाडोमा लङ कोट र लङ ड्रेसको माग बढेको व्यापारी कोपिला महर्जन बताउनुहुन्छ । उहाँका अनुसार उलन वानपिस निकै रुचाइएको लुगा हो । उलनबाट तयार पारिएका ड्रेस यस पटकको जाडो मौसममा हरेकको रोजाइमा पर्न सफल भएको छ । सहरिया युवतीको रोजाइमा पर्न सफल भएको उलन वानपिस थरी थरीका डिजाइनमा उपलब्ध रहेको महर्जनको भनाइ छ । यस्तै लेदर ज्याकेट र उलन टिसर्ट पनि रोजाइमा नै रहेको उहाँले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)