प्रदेशको अधिकारका लागि एकजुट
nepalnews.com · Tue Oct 13 08:15:43 GMT 2026

विराटनगर। संविधान जारी भएको नौ वर्ष बितिसक्दा पनि प्रदेशलाई आवश्यक अधिकार, कानुन र स्रोत हस्तान्तरण गर्न संघीय सरकार उदार नबनेको भन्दै प्रदेशका मुख्यमन्त्रीहरूले सिंहदरबारप्रति तीव्र असन्तुष्टि जनाएका छन्। विराटनगरमा सुरु भएको दुईदिने ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’को उद्घाटन सत्रमा मुख्यमन्त्रीहरूले संघीय सरकारको केन्द्रीकृत सोचका कारण संघीयता नै जोखिममा पर्न सक्ने चेतावनी दिएका छन्।
सम्मेलनमा मुख्यमन्त्रीहरूले औपचारिक छलफल र गुनासोमा मात्र सीमित नभई अधिकार प्राप्तिका लागि साझा पहल गर्ने घोषणा गरेका छन्। उनीहरूले सातै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव र मुख्य न्यायाधिवक्तासहित काठमाडौं पुगेर प्रधानमन्त्रीसँग निर्णायक वार्ता गर्ने रणनीति अघि सारेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)