कपिलवस्तुकाे कृष्णनगरमा जसपाद्वारा गठबन्धन अस्वीकार
nepallive.com · Tue Apr 19 16:44:00 GMT 2022
काठमाडौं– स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने केन्द्रको निर्णयलाई कपिलवस्तुस्थित जनता समाजवादी पार्टी (जसपा) को कृष्णनगर कार्यसमितिले अस्वीकार गरेको छ।
नगर अध्यक्ष जगदीशप्रसाद चौधरीले जिल्ला समन्वय समितिलाई पत्र लेख्दै अस्वीकार गरेका हुन्। उनले पत्रमा उक्त नगरपालिकामा पाँच दलीय गठबन्धनबाट कुनै पनि उपलब्धी नदेखिएको र कार्यकर्ताहरुमा निराशा भई भविष्यमा पार्टीलाई घातक हुने संकेत देखिएकाले नगरसमितिको निर्णयबाट गठबन्धनमा नजाने जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)